दफा १९
भूल सुधार गर्न सक्ने

(१) कर निर्धारण आदेशमा सम्पत्तिको मूल्यांकन गर्दा वा लाग्ने करको हिसाब गर्दा गणितसम्बन्धी भूलले सम्पत्तिको मूल्य वा करको अंक घटी बढी हुन गएको कुरा करदाताको निवेदन परी वा अन्य तवरले थाहा हुन आएमा कर निर्धारण भएको मितिले दुई वर्षभित्र कर अधिकृतले सो भूललाई सच्याई पुन कर निर्धारण वा अतिरिक्त कर निर्धारण गर्न सक्नेछ ।

(२) उपदफा (१) अनुसार त्यस्तो कर निर्धारण आदेश सच्याउँदा लाग्न आउने कर पहिलेको कर निर्धारण आदेश भन्दा कम हुन जाने भएमा त्यस्तो कर निर्धारण आदेश सच्याउनु अघि स्पष्ट कारण खोली पर्चा खडा गरी महानिर्देशकको स्वीकृति लिनु पर्नेछ ।

(३) उपदफा (१) अनुसार भूल सुधारबाट करको रकम पहिले निर्धारण भएको रकम भन्दा बढी हुने भएमा सो कर निर्धारण आदेश सच्याउनु अघि स्पष्ट कारण खोली करदातालाई लिखित सूचना दिई आफूले तिर्नु पर्ने कर रकम सम्बन्धमा केही कुरा भन्न वा सबूद प्रमाण पेश गर्न पन्ध्र दिनको मौका दिनु पर्नेछ ।